फिलिपिन्समा बाढी र भू- स्खलन, मृतकको सख्या ६१ नाघ्यो

सोमवार, पुस १६, २०७५



फिलिपिन्स । फिलिपिन्समा गएको बाढी र भू- स्खलनमा ज्यान गुमाउनेको संख्या ६१ पुगेको छ भने हराउनेको संख्या १८ रहेको सरकारी अधिकारीले जनाएका छन्।  राष्ट्रिय आपत जोखिम कम गर्ने कार्यालयले जनाए अनुसार घाईतेहरु मध्ये बिकोलको पूर्वी क्षेत्रमा ५० प्रतिशत रहेका छन् ।

पूर्वी विसयको आसपास ११ मानिस मारिएका छन् । त्यसै गरि भारी बर्षाको कारण विभिन्न क्षेत्रमा भएको दुर्घटनामा १२ मानिस घाईते भएका छन् ।  क्षेत्रिय नागरिक रक्षा अधिकारीले जनाए अनुसार खराब मौसमबाट २२ हजार अधिक मानिस विस्थापित भएका छन् ।

प्रभावित क्षेत्रमा विजुली पानीको सम्पर्क टुटेको छ । बचाउ कार्य जारी छ । हराइरहेका मानिसहरुको खोजी कार्य भू- स्खलनको कारण अत्यन्त कठिन रहेको अधिकारीले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata