न्याय माग्दै बाँस्कोटा पुगे अदालत

शुक्रबार, फाल्गुन १६, २०७६



काठमाडौं । निर्वतमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा न्याय माग्दै अदालत पुगेका छन । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बाँस्कोटाले आफू माथि लागेको आरोप गलत भएको भन्दै खण्डन गरेका छन ।

शुक्रबार निर्वतमान मन्त्री बाँस्कोटाले ट्वीट मार्फत अदालतमा मुद्धा दायर गरेको जनाएका छन ।  म विरुद्ध लगाइएको झुट्टा लाञ्छना र गालि बेइज्ज्तीको विरूद्धमा मुद्धा दर्ता गरेको दाबी गरे। उनले आफ्ना प्रतिनिधि मार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी गरेका छन ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसनको मोलमोलाई गरेको सञ्‍चारमन्‍त्री र विजयप्रकाश मिश्रबीचको संवाद रहेको अडियो सार्वजनिक भएसँगै स्वीस कम्पनीले मिश्र आफ्नो कुनै एजेन्ड नभएको दाबी गरेको थियो । स्वीस कम्पनीको दाबीलाई लिएर गत बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले बाँस्कोटा निर्दाेष भएको भन्दै बचाउ गरेका थिए । बाँस्कोटा माथि अनुसन्धान गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएसँगै सरकारको व्यापक आलोचना हुँदै आएको छ ।

हेर्नुहाेस बाँस्काेटाकाे ट्वीट जस्ताकाे त्यस्तै

baskota

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments