संविधान संशोधन विधेयक संसदमा दर्ता

शुक्रबार, जेष्ठ ९, २०७७



काठमाडौं । सरकारले संविधान संशोधन विधेयक दर्ता संसदमा दर्ता भएको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषदको बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्सा अनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो ।

सोहि निर्णयका आधारमा शुक्रबारनै कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments