प्रदेश तीनको नाम र राजधानी टुङ्गियो

आइतवार, पुस २७, २०७६



काठमाडौँ । देश संघीयतामा गएको लामो समय पछि प्रदेश नम्बर ३ ले प्रदेशको नाम र राजधानीको टुङ्गाे लगाएको छ ।  लामो समयको रस्साकस्सी पछि प्रदेश ३ ले नाम राजधानीको टुङ्गो लगाएको हो । सत्तारुढ दल नेकपाको बहुमत भएको प्रदेश ३ मा नाम र राजधानीका लागि आइतबार मतदान भएको थियो । मतदान पछि प्रदेश ३ को नाम वागमती, स्थायी राजधानी हेटौडा पारित भएको छ ।

काँग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले राखेको प्रस्तावमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रमुख सचेतक रामेश्वर फुयाँल, विवेकशील साझाका रमेश पौड्याल र शोभा शाक्य, राप्रपाकी रिना माझी र राप्रपा संयुक्तकी रिना गुरुङ समर्थक थिए ।प्रस्तावको पक्षमा १०८ मत परेको छ भने विपक्षमा मत परेन ।त्यस्तै प्रदेशको स्थायी राजधानीमा हेटौडा कायम गर्ने पक्षमा १०४ मत परेको थियो भने विपक्षीमा तीन मत परेको थियो ।

यस अघि नेकपा प्रदेश नम्बर तीनको संसदीय दलको बैठकले प्रदेशको नाम बागमति र राजधानी हेटाैडा राख्न ह्विप जारी गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments