अनुवाद बिना विश्वले पढ्न सक्ने किताब प्रकाशित

बिहिबार, बैशाख १२, २०७६



एजेन्सी । आजसम्म कुनै पनि एक भाषामा लेखिएको पुस्तक अनुवाद बिना संसारभरका पुस्तक प्रेमीहरुले पढ्न सकेका थिएनन् ।  मानौ तपाईलाई रसियाली पुस्तक पढ्न मन लागेको छ, तपाईसँग दुइवटा विकल्प छ । एक तपाइँ रसियन भाषा सिक्नुहोस । दोस्रो अंग्रेजीमा अनुवाद गरिएको छ कि भन्दै खोज्दै हिड्नुहोस् ।

तर अब यी सब गर्न नपर्ने भएको छ । एक चिनी कलाकार  जू बिंग(Xu Bing)ले ‘इमोटिकन्स’ (Emoticons)को उपयोग गरि एक किताब लेखेका छन् । जसको नाम दिइएको छ ‘बुक फ्रम द ग्राउण्ड (Book from the ground) । ‘इमोटिकन्स’ले  हामीले मेसेन्जर, भाइबर आदिमा प्रयोग गर्दै आइरहेका इमोजीहरुको सामुहिक प्रस्तुतिलाइ जनाउँछ ।

image

“ग्राफिक चिन्हहरुको प्रयोग गरि एक ग्लोबल भाषा रच्न सकिन्छ ।”, बिंग भन्छन्, “कुनै पनि भाषाको शब्द र वाक्य बिना चित्र(इमोटिकन्स)को प्रयोग गरेरै लेखिएको हुनाले जुनसुकै भाषीले पनि यस किताब पढ्न सक्नेछन् ।”

BookFromTheGround01 - Copy

२४ अध्याय समाविष्ट यस किताबमा ‘भिजुअल आइकन’को उपयोग गरेर एक व्यक्तिको एक दिनको दिनचर्या बताइएको छ । सो व्यक्ती दिनभर कहाँ जान्छ, कसरी आफ्नो काम गर्छ, आफ्ना को-को साथीलाई भेट्दछ र दिनको अन्तिममा सुत्नका लागि ओछ्यान सम्म पुग्दछ ।

book-from-the-ground-1 - Copy

यो किताब हाल अमेरिकामा प्रकाशित गरिएको छ । एमआइटी (MIT)प्रेसले प्रकाशनमा ल्याएको यस किताब १६० पेजको रहेको छ । हार्ड कभरको २३.८२ डलर मुल्य सहित यस किताब अमेजनमा पनि उपलब्ध गरिएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata