बैंक नोटको पहाड- पाँच हजार कर्मचारीलाई वितरण गरिने

बिहिबार, माघ १०, २०७५



चीन । चीनको जियाङसी प्रान्त स्थीत एक स्टील कम्पनीले पाँच हजार कर्मचारीलाई ४४ मिलियन डलर बोनस वितरण गर्ने घोषणा गरेको छ ।

प्रत्येक कर्मचारीलाई ८ हजार ८ सय डलर बोनस वितरण गर्ने बैंक नोटको पहाड बनाउँदै कम्पनीले कर्मचारीलाई नयाँ वर्षको उपहार दिएको छ ।

चिनियाँ पत्रिका सांघाई इस्टले जनाए अनुसार, चिनियाँ नव वर्ष वा स्प्रिङ फेस्टिवल नजिक आउँदै गर्दा बैंक नोटको पहाड प्रर्दशन गर्दै उनीहरुलाई खुसी तुल्याएको हो ।

हरेक वर्षको अन्तमा बोनस घोषणा गर्दै श्रमिक र कर्मचारीलाई मानसिक सन्तुष्टि दिने कम्पनीको चलन अनुसार, यस वर्ष पनि बोनस घोषणा गरिएको हो ।

कल्पना भन्दा वाहिरको बोनस रकमले कर्मचारी र श्रमिकको मनोवल बढ्न गई कम्पनीको आम्दानी र प्रतिष्ठा दुवै बढ्न जाने कम्पनीले जनाएको छ । साथै नसोचेको रकम बोनस स्वरुप प्राप्त गर्दा श्रमिकहरु काममा नफर्कन सक्ने आशंका समेत गरिएको छ ।

आफ्ना कर्मचारी प्रति अत्यन्त उदार बन्ने चिनियाँ कम्पनीहरु अनेकौं तरिकाहरु अप्नाउँदै आईरहेका छन् । गएको वर्ष एक चिनियाँ कम्पनीलाई गेम सो निर्माण गरेको थियो । जस अन्तरगत कर्मचारीहरुले नसोचेको रकम प्राप्त गरेका थिए ।

यस अघि चिनियाँ कम्पनीले जस्तै भारतीय व्यापारी सावजी ढोलकियाले आफ्ना कर्मचारीलाई ६ हजार करोड रुपैंयाको कार वितरण गरेका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata