अपहरणमा परेको आयल निगमको ट्याङ्कर खाली भेटियो

बुधबार, मंसिर ४, २०७६



काठमाडौं । साेमबार अपहरणमा परेको नेपाल आयल निगमको ट्याङ्कर फेला परेको छ ।  सिरहाको लहानबाट गायब पारिएको भनिएको ट्याङ्कर धनुषाको सतहीमा फेला परेको जनाइएको छ ।

निगमको इन्धन डिपो अमलेखगञ्जबाट मंसिर १ गते २० हजार डिजेल लोड ना४ख ४१६३ नम्बरको ट्यांकर लहानबाट सोमबार राति ११ गायब भएको थियो। ट्याङ्करमा भएको पेटोलियम पदार्थ खाली गरेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

 ट्याकर गायब भएको केही समयपछि चालक रामदेव यादव र सहचालक उमेश यादव सम्पर्कमा आएका थिए। उनीहरूले आफूहरूलाई मुखमा पट्टी बाँधेर आएका ६/७ जना नकाबधारीले ट्यांकर नियन्त्रणमा लिएकाे जनाएका थिए । टयांकरका चालक रामदेव यादव र सह–चालक उमेश यादवलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata