महर्षि वेदव्यासको १०८ फिट अग्लो मूर्ति बनाइने

सोमवार, असार ९, २०७६



काठमाडौं । तनहुँ जिल्लाको व्यास नगरपालिकामा महर्षि वेदब्यासको १०८ फिट अग्लो प्रतिमा बनाउने योजना तयार गरिएको छ ।

व्यास नगरपालिका उपप्रमुख मिरा जोशीले बताए अनुसार मूर्ति निर्माणमा करिव एक अर्व रुपैयाँ लाग्ने छ । महर्षि वेदब्यास महाभारत कहानीका रचयिता थिए। उनको जन्म त्रेता युगको अन्तमा भएको थियो । उनी द्धापर युग सम्म जीवित थिए । हिन्दु धर्मशास्त्र अनुसार महर्षि व्यास त्रिकालदर्शी थिए ।

उनले दिव्य दृष्ट्रि प्राप्त गरेका थिए । महर्षि व्यासले वेदलाई चार भागमा वर्गिकरण गरेका थिए। जसको उद्धेश्य सामान्य मानिसले समेत वेदको अध्ययन गर्न सकुन ।

मानिय अनुसार व्यासको जन्म तनहूँ जिल्लाको व्यासमा भएको थियो । साथै उनले महाभारतको रचना व्यास गुफामा गरेका थिए । भारत र नेपालको बीच धार्मिक पर्यटन बढाउने उद्धेश्यले निर्माण गर्न लागिएको प्रस्तावित प्रतिमाको निर्माण जिल्लाको शिवपाञ्चायन मन्दिरमा गरिने छ ।

वेदलाई ऋग्वेद, यर्जुवेद,सामवेद र अथर्ववेदमा विभाजन गरेको कारण महर्षि व्यासलाई वेद व्यास भनिएको हो । वेदमा निहित ज्ञान अत्यन्त महत्वपूर्ण , गहिरो र अर्थपरक भएको कारण व्यासले पाँचौं वेदको रुपमा पुराणको रचना गरेका थिए ।

पुराणमा वेदको ज्ञानलाई रोचकता पूर्वक वर्णन गरिएको छ । आफ्नो शिष्य रोम हर्षणलाई व्यासले सुनाएको पुराण अनुसार शिष्यहरुको क्षमताको कारण वेदको शाखा र उपशाखा मार्फत वेदको ज्ञान लिनु अत्यावश्यक रहेको मानिन्छ ।

आषाढ शुक्ल पक्ष पूर्णिमाको दिन जन्मिएका परासर ऋषि पुत्र व्यासको नाम दैपायन पनि हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata