बौद्ध मन्दिरबाट उद्धार गरिएका ८६ वटा बाघको मृत्यु

मङ्लबार, भदौ ३१, २०७६



एजेन्सी । थाईल्यान्डको एउटा विवादास्पद बौद्ध पर्यटकीय केन्द्रबाट उद्धार गरिएका एक सय ४७ वटा बाघमध्ये ८६ वटा बाघ मरेका छन् ।

टाइगर टेम्पल भनिने सो स्थानबाट सन् २०१६ मा ती बाघको उद्धार गरिएको थियो । थाईल्यान्डको वन्यजन्तु निकुञ्ज सम्बन्धि निकायले धेरै बाघको मृत्यु भाइरसका कारण भएको र बसाइसराइले निम्त्याउने तनावका कारण बाघहरूको संख्या घटेको उल्लेख गरेको छ ।

अधिकारीहरूले बाघको प्रजननसँग जोडिएका आनुवंशिक कारणले पनि ती संरक्षित जीवको मृत्यु भएको दाबी गरेका छन्।

तर संरक्षणकर्ताहरूले ती बाघलाई राखिएको स्थान सुरक्षित भएकोबारे प्रश्न उठाएका छन् । टाइगर टेम्पलका भिक्षुहरूले मन्दिरमा बाघसँग दुर्व्यवहार गरेको, तस्करी गरेको वा गैरकानुनी प्रजनन गराएको आरोप लगाइएको थियो । तर भिक्षुहरुले सो आरोप अस्वीकार गरेका छन्।

सन् २०१६ देखि सो मन्दिर परिसर सर्वसाधारणका लागि बन्द गरिएको छ भने धेरै मुद्दा चलिरहेका छन्।

सन् २०१६ मा प्रहरीले छापा मारेपछि बाघहरूलाई राचाबुरी प्रान्तमा रहेका दुईवटा प्रजनन केन्द्रमा सारिएको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata