सैनिक ‘कु’ पछि निर्वाचनको तयारी

मङ्लबार, मंसिर २५, २०७५



बैंकक । थाइल्यान्डमा सैनिक सरकारले निर्वाचन गराउने तयारी गरेको छ । सैनिक सरकारले राजनीतिक पार्टीहरु आगामी २४ फेब्रुअरीमा हुने निर्वाचन अभियान सुरु गर्नका लागि राजनीतिक दलहरु स्वतन्त्र रहेको जनाएको छ ।

यो घोषणाले चार वर्षअघि सैनिक ‘कु’ कारण राजनीतिक गतिविधिका लागि प्रतिबन्धित भएका पार्टीहरु पुनः आफ्नो गतिविधि सञ्चालन गर्न पाउने भएका छन् । थाइल्यान्डको सैनिक ‘कु’ कारण पटक पटक प्रजातान्त्र हरण हुँदै आएको छ । तर, सेनाले जहिल्यै पनि प्रजातन्त्र बहाल गर्न चाहेको उल्लेख गरेको छ । तर चुनावको मिति भने पुनः पछि सारिएको हो ।

थाई सेनाले राजनीतिक खिचातानीकाबीच सन् २०१४ मा ठूलो जनसमर्थन रहेको प्यु थाई पार्टीकी नेतृ प्रधानमन्त्री यिङलक सिनावात्राको नेतृत्वमा रहेको सरकार अपदस्त गर्दै सैनिक शासन सुरु गरेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata