डलर साट्ने प्रलोभनमा १२ लाख ठगी

सोमवार, मंसिर ३०, २०७६



ललितपुर ।  डलर साट्ने प्रलोभनमा पारी काठमाडौं बौद्ध बस्ने डोल्पा घर भएका ४० वर्षीय छेवाङ तन्दुर गुरुङको साथबाट नगद १२ लाख रुपैयाँ आइतबार ठगी भएको छ ।

अपरिचित व्यक्तिहरुले डलर साटिदिन्छु भनी प्रलोभनमा पारी गुरुङलाई महालक्ष्मी नगरपालिका-२ ईमाडोलमा बोलाई रुपैयाँ आकारको कागजको विटो दिई उनको साथमा रहेको उक्त नगद लिई फरार भएका बताइएको छ ।

फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments