चर्चमा गोली प्रहार, आक्रमणकारीसमेत तीनको मृत्यु

सोमवार, पुस १४, २०७६



एजेन्सी । अमेरिकाको टेक्सासस्थित एक चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई व्यक्तिको मृत्यु भएको छ ।  ण वेस्ट फ्रिवे चर्चमा भएको सो आक्रमण  लगत्तै प्रहरीले कारवाही गर्दा बन्दुकधारी पनि मारिएका छन् ।

अधिकारिहरूले बताएअनुसार बन्दुकधारीले एक्कासी त्यहाँ पुगेर शट गन निकालेर फायरिङ थालेको थियो ।  आक्रमणकारीको नियतका बारेमा प्रहरीले अझै अनुसन्धान गरिरहेको जनाइएको छ ।

घटना स्थानीय समयअनुसार आइतबार  बिहान ११ः५० बजे भएको हो ।  गोली लागेका दुई व्यक्तिलाई उपचारको लागि अस्पताल लगिएकोमा त्यहाँ मृत्यु भएको हो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments