सिद्धार्थ शमशेेरले राखे रेकर्ड , १५ विधाका करदाता सम्मानित 

आइतवार, मंसिर १, २०७६



काठमाडौं । सरकारले विभिन्न १५ विधाका उत्कृष्ठ करदातालाई सम्मान गरेको छ ।  ८ औं कर दिवसको अवसर पारेर गत आर्थिक वर्ष ०७५/७६ मा बढी कर तिर्ने विभिन्न क्षेत्रका उद्योगीहरूलाई अर्थमन्त्री युवराज खतिवडाले सम्मान गरेका हुन् ।

आइतबार अर्थमन्त्री खतिवडाले सूर्य नेपाल प्रालि,जगदम्बा स्टिल,कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंकलाई सम्मान गरेको हो । त्यस्तै बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा वर्ल्ड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले राज्यलाई बढी कर बुझाएको भन्दै सम्मानित गरेकाे हाे ।

सिद्धार्थ शमशेर राणाले चौथोपटक लगातार धेरै कर तिर्दै उत्कृष्ठ  करदातामा रेकर्ड राख्न सफल भएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata