१५ हजार ४ सय ४४ सवारी कार्वाहीमा

बुधबार, पुस ९, २०७६



काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले शुरु गरेकाे तीन महिने विशेष ट्राफिक उज्यालो अभियान मार्फत  ८ सम्म १५ हजार ४ सय ४४ सवारी  कार्बाहीमा परेका छन।  पैदल यात्री, चालक सहचालक, स्कुलकलेजका विद्यार्थीहरूलाई ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना अभिवृद्धि गर्न  सञ्चालन सँगै  ट्राफिक नियम उल्घन गर्ने सवारी कार्बाहीमा परेकाे  ट्राफिक प्रहरीले जनाएकाे छ ।

पुस १ देखि उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी  बनाउन, सचेतना पश्चात सडक प्रयोगकर्ताहरुमा ट्राफिक नियम सम्बन्धी जिम्मेवारी बोध गराउन र कानुन कार्यान्वयनका लागि विशेष मोवाईल चेकिङ तथा कारवाही अभियानकाे थालनी गरेकाे थियाे ।

महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार सबैभन्दा धेरै सार्वजनिक सवारी साधनहरूमा ढोका खुल्ला राखेर चलाउने १ हजार २२ सवारी चालक कार्वाही परेकाे जानकारी दिए । सडकमा सवारी तथा पैदलयात्रीहरूलाई आवत जावतमा अवरोध हुने गरि पार्किङ गर्ने ९५०, हर्न बजाउने ५००, मापसे सेवन गरी सवारी चलाउने ७९०, लेन अनुशासन पालना नगर्ने  ७९९, जथाभावी पिक एण्ड ड्रप गर्ने ६७०, एकतर्फी (वान वे) मा चलाउने १८९, जथाभवी सवारी मोड्ने २२९,बढी भाडा लिने २४४ ट्याक्सी कारवाही, क्षमता भन्दा बढी यात्रु सवार र झुण्डाउने २८, CCTV/ Surveillance Vehicle मार्फत ५२९ सवारी कारवाही, ३१५ वटा ट्रक र ट्रिपर कारवाही, जेब्रा क्रसिङमा सवारी नरोक्ने २९५, सवारी साधनको अवस्था ठिक नभएको ५७० सवारी चालकहरूलाई कारवाही गरिएको जानकारी समेत दिए।

उनीहरूलाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार जरिवाना हुनेछ । साथै महाशाखाद्धारा मंसिर महिनामात्रै ५३,१९३ सवारी चालकलाई कारवाही जनाइएकाे छ । तीन महिने विशेष ट्राफिक उज्यालो अभियानमार्फत ७ हजार जना भन्दा बढीलाई सचेतना समेत प्रदान गरिएको ट्राफिक प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments