विश्वप्रसिद्ध नाटककार मेक्नलीको कोरोना भाइरसका कारण मृत्यु

बुधबार, चैत्र १२, २०७६



एजेन्सी । विश्वव्यापी कोरोना भाइरसका कारण अमेरिकाका चर्चिच नाटककार टेरेन्स मेक्नलीको ८१ वर्षको उमेरमा मृत्यु भएको छ ।उनको अमेरिकाको फ्लोरिडामा मृत्यु भएको हो ।  चार पटकसम्म टोनी पुरस्कार जितेका उनले करिब तीन दर्जन नाटक लेखेका छन् ।

क्यान्सर रोगसँग लडिरहेका उनको फोक्सोको एउटामात्र भाग क्यान्सरबाट जोगिएको थियो । यस्तै क्रोटिक अब्सट्रक्टिभ पल्मोनरी डिसअर्डरबाट पनि उनी जोगिदै आएका थिए । उनी समलिंगी हुन् ।

यसैबीच अफ्रिकाका प्रसिद्ध स्याक्सोफोन बादक मानु डिबांगोको पनि कोरोना भाइरस संक्रमणबाट ८६ वर्षको उमेरमा मृत्यु भएको छ । कोरोना भाइरसबाट मृत्यु हुने उनी विश्वको पहिलो प्रसिद्ध कलाकार हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments