पाकिस्तानी रेलमा आगलागी , मर्नेको संख्या ४६ पुग्यो

बिहिबार, कार्तिक १४, २०७६



एजेन्सी । गुडिरहेको रेलमा आगोलाग्दा पाकिस्तानमा ४६ जना यात्रुको निधन भएको छ भने ४२ जना गम्भीर घाइते भएका छन ।

बिहीबार बिहान पाकिस्तानको राजधानी कराँचीबाट रावलपिंडीतर्फ गइरहेको तेजगाम एक्स्प्रेसको रेलमा आगलागी भएको थियो ।  आगोले रेलमा तीनवटा डिब्बा पूर्ण रुपमा जलेर नष्ट भएको पाकिस्तानी संञ्चार माध्यमले जनाएका छन । रेलका अरु डिब्बा भने सुरक्षित रहेको त्यहाँको सुरक्षा निकायले जनाएको छ ।

आगलागीमा परि घाइते भएकाहरुको लियाकतपुरस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्न सक्ने पाकिस्तानी संञ्चार माध्यमले जनाएका छन ।

घटनाकाे बारेमा जानकारी लिँदै प्रधानमन्त्री इमरान खानले दु:ख व्यक्त गरेका छन्। उनले घाइतेहरूको उद्दार र उचित उपचारको व्यवस्था गर्न समेत निर्देशन दिएका छन्। रेलमन्त्री शेख रशीदले यात्री र ट्रेनको बीमा भएकाले आर्थिक नोक्सानको क्षतिपूर्ति पाउने जनाएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata