समुदाय-प्रहरी साझेदारी अन्तर्गत सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

आइतवार, पुस २७, २०७६



काठमाडौँ । समुदाय-प्रहरीसाझेदारी अन्तर्गत सुरक्षा सुदृढीकरण सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम प्रतिनिधि सभाका सभासद कृष्ण राईको प्रमुख आतिथ्यमा बौद्धमा आइतबार सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि माननीय सांसद कृष्ण राईले समुदाय प्रहरी साझेदारी कार्यक्रमले सुरक्षित समाज निर्माण गर्न प्रभावकारी भूमिका खेलको बताउँदै सबै पक्षका नागरिकहरूले समाज मेरो हो भन्ने बुझ्यो भने समाज सुरक्षित हुने बताए । सुरक्षाको जिम्मेवारी प्रहरीको मात्र नभएर नागरिकहरू सचेत रहँदै समाजमा कस्ता खालका घटना घट्छ समयमै प्रहरीलाई जानकारी गराएमा सुरक्षित समाज निर्माण गर्न सकिने बताए।

कार्यक्रमका विशेष अतिथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले कार्यक्रममा उठेका जिज्ञासाहरूको जवाफ दिँदै बन्द कोठामा गरिएको आलोचनाले भन्दा खुल्ला ठाउँमा गरिएका आलोचनाहरूले सुधार गर्न सहज हुने भएकाले प्रहरी साझेदारी कार्यक्रम मार्फत नागरिकका घर दैला सम्म पुगेको बताउँदै नागरिकका असन्तुष्टिहरूले सुधार गर्न सहज हुने र सन्तुष्टिले थप कार्य गर्न उत्प्रेरणा जगाउने बताए ।

कयौँ घटनाहरू आफन्तबाटै घटेका स्मरण गराउँदै महिला हिंसा, बलात्कारका वा आत्महत्याका घटना रोकथाम गर्नRegular Policing बाट मात्र सम्भव नभएकाले यस्तो घटना रोकथाम, नियन्त्रण गर्न सबैको भूमिका महत्त्वपूर्ण हुने बताएका छन ।

प्रहरीको आचरण व्यवहार नम्र, शिष्ट र कानुन कार्यान्वयनमा निर्दयता अपनाउन कर्मचारीहरूलाई निर्देशन दिएको बताउँदै कुनै ठाउँमा प्रहरीको कमी कमजोरी वा कानुन उल्लङ्घन गरेको देखेमा आफूलाई सिधै खबर गर्न आग्रह गरे । त्यस्ता प्रहरी कर्मचारीहरूलाई तत्कालै आफूले कारबाही गर्ने उनले बताए ।

महानगरीय प्रहरी वृत्त बौद्ध र सामुदायिक सेवा केन्द्र बौद्ध द्वारा आयोजित उक्त कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधिहरू, सामुदायिक सेवा केन्द्रका प्रतिनिधिहरू, विभिन्न सङ्घ संस्था तथा विद्यालयका प्रतिनिधिहरू, संचारकर्मी र स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments