भाडामा बस्नेहरुको पनि अभिलेख राखिने

मङ्लबार, पुस १५, २०७६



काठमाडौँ । सरकारले भाडामा बस्नेहरूको अभिलेख राख्ने तयारी थालेको छ । आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सरकारले भाडामा बस्नेहरूको अभिलेख राख्न लागेको गृह मन्त्रालयले जनाएको छ ।

उपत्यका सहित देशका मुख्य सहरहरूमा भाडामा बस्नेहरूको अभिलेख राख्न लागेको जनाएको छ । घरमा भाडा बसेदेखि घर छोडेको दिन सम्मको अभिलेख राख्न लागेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री रामबहादुर थापा, गृह सचिव प्रेम राई र सुरक्षा निकायका प्रमुखहरूको बैठक उक्त निर्णय गरेको हो ।

घर भाडामा लिई विभिन्न व्यक्ति तथा समूहद्वारा आपराधिक गतिविधिहरू गर्ने, चोरी, डकैती, लुटपाट, बैङ्किङ कसुरजस्ता आर्थिक अपराध, साइबर अपराध, यौन जन्य क्रियाकलाप तथा विस्फोटक पदार्थ विस्फोट गर्ने कार्य देखिएकाले नियन्त्रण गर्नका लागि उक्त निर्णय गरेको जनाइएको छ । व्यक्ति,संस्था र कार्यालयले घर भाडामा दिँदा र लिँदा आफ्नो घरमा भाडामा बस्ने व्यक्ति,संस्था कार्यालयको परिचय खुल्ने कागजात सहितको विस्तृत विवरण पेस गर्नु पर्ने छ । उक्त विवरण प्रहरीलाई बुझाउनु पर्ने निर्णय गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments