देशभर चिसो बढ्यो !

सोमवार, कार्तिक ४, २०७६



काठमाडौं । मौसममा आएको बदलीसँगै देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार पूर्वी तथा मध्य हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यस्तै  देशको पश्चिमी भेगका केहि स्थानमा मौसम सामान्यतया सफा रहेपनि बाँकी भागमा भने सामान्य बदली हुनेछ ।

अरब सागरको पूर्वीमध्य भागमा एउटा निम्न चापीय प्रणाली विकसीत भइरहेको र भारतको उत्तरप्रदेशमा अर्को निम्न चापीय प्रणाली अवस्थित रहेको महाशाखाले जनाएको छ भने उत्तर पश्चिमी भारतमा पश्चिमी वायूको प्रभावका कारण मौसम बदली भएको मौसमविद्हरुले जनाएका छन् ।

महाशाखाका अनुसार आज देशको मध्य तथा पूर्वी भूभागमा सामान्य बदली रहने तथा पश्चिमी भूभागमा आंशिक बदली रहनेछ। मध्य र पूर्वका थोरै स्थानहरुमा र पश्चिमका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ भने मध्य तथा पूर्वी हिमाली भूभागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको देखिन्छ । यस्तै आज राति पनि देशका मध्य तथा पूर्वी भूभागमा आंशिकदेखि सामान्य बदली रहने तथा बांकी भूभागमा आंशिक बदली रहनेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata