आज वर्षकै चिसो दिन, काठमाडौंको तापक्रम ०.६ डिग्री पुग्यो..

शनिबार, पुस १२, २०७६



काठमाडौं । काठमाडौंको तापक्रम आज ०.६ डिग्री सेल्सियसमा झरेको छ। जल तथा मौसम विज्ञान विभागले आज बिहान ०५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ०.६ डिग्री मापन गरिएको जानकारी दिएको हो।

यसअघि बिहीबार काठमाडौंको तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको थियो। विभागले तापक्रम घट्न पनि सक्ने वा बढ्न पनि सक्ने बताएको छ।

काठमाडौंको तापक्रम यस वर्षकै  कम रहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान  : 

पुस १२  गते (शनिबार)

दिउँसो : देशभर मौसम सामान्यतया सफा रहनेछ।

राति : देशभर मौसम सामान्यतया सफा रहनेछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments