चिसो बढ्न थाल्यो, मनसुन अझ बाहिरिसकेको छैन !

शुक्रबार, कार्तिक १, २०७६



काठमाडौं । तिहार नजिकिएसँगै राजधानी काठमाडौंसमेत देशका विभिन्न भागमा चिसो बढ्न थालेको छ ।  यसअघि असोजदेखि नै पहिला चिसो हुने गरेकोमा अहिले कात्तिक सुरु हुने बेलादेखि मात्रै केही चिसो बढेको छ ।

मौसमविद् मिनकुमार अर्यालले तापक्रम घट्दै गएकोले चिसो पनि बढ्दै जाने बताए । उनले भने,‘‘पश्चिमी वायुको प्रभावले अझै पनि पश्चिमका कतिपय भूभागमा छिटपुट वर्षा हुन सक्ने अवस्था रहेको छ । तर, लामो समयसम्म रहँदैन ।’’ सेप्टेम्बर २३ मा बाहिरिनुपर्ने मनसुन यसपालि झण्डै तीन सातापछि गएको आइतबार मात्रै बाहिरिएको हो ।

उनका अनुसार आज बिहान काठमाडौंको न्यूनतम तापक्रम १६.३ डिग्री सेल्सियस रहेको थियो । यद्यपि हिजोको तुलनामा भने यो तापक्रम केही बढी हो । हिजो बिहान काठमाडौंको तापक्रम न्यूनतम १४.५ डिग्री रहेकोमा अधिकतम २८ डिग्री सेल्सीयस पुगेको थियो ।

मौसम पूर्वानुमान महाशाखाको हिजोको रेकर्डअनुसार हिजो दीपायलमा १७.२, डडेल्धुरामा १२.७, धनगढीमा १८.६, वीरेन्द्रनगरमा १५.३, नेपालगञ्जमा १९.३, जुम्लामा ७.५, दाङ्गमा १७.५, पोखरामा १७.१, भैरहवामा २१.८, सिमरामा २१, ओखलढुंगामा १४, ताप्लेजुङ्गमा १२.८, धनकुटामा १५.६, विराटनगरमा २२.३, जोमसोममा ६.१, धरानमा २२, लुम्लेमा १२.५, जनकपुरमा २२.५ र जिरीमा ९.२ डिग्री सेल्सियस न्यूनतम तापक्रम पुगेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata