९ हजार नेपालीलाई अमेरिका छाड्न एक वर्षको समयसीमा

शुक्रबार, बैशाख १४, २०७५



काठमाडौँ । अमेरिकाले नेपाली आप्रवासीलाई दिदै आएको अस्थायी बसोबासको अनुमति दिने टेम्पोररी प्रोटेक्टेड स्ट्याटस (टीपीएस) सुविधा औपचारिक रुपमा खारेज गरेको छ । नेपालले आफ्ना नागरिकलाई पूर्णतया सम्हाल्न सक्ने अवस्थामा आइसकेको उल्लेख गर्दै टीपीएसको अवधि नथप्ने औपचारिक घोषणा गरेको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीलाई उद्धृत गर्दै अमेरिकी पत्रिका द वासिङटन पोष्टको अनलाइन संस्करणले जनाएको छ ।

टीपीएस सुविधा खारेज भएपछि अमेरिकामा टीपीएस सुविधा लिएका झण्डै ९ हजार नेपालीले अमेरिका छोड्नुपर्ने भएको छ । अमेरिका छोड्नका लागि त्यहाँका नेपालीलाई एक वर्ष अर्थात सन् २०१९ को जुन २४ सम्मको समयसीमा दिइएको छ । नेपालमा २०७२ सालमा विनाशकारी भूकम्प गएपछि तत्कालिन बाराक ओबामा सरकारले नेपालीहरुलाई अस्थायी बसोबासको अनुमति दिने घोषणा गरेको थियो । सन् २०१६ को अक्टोबरमा टीपीएस सुविधाको म्याद १८ महिनाका लागि थपिएको थियो ।

148 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank