सिकागोमा तापक्रम माइनस ५५ मापन- सर्वसाधारणलाई घरबाहिर ननिस्कन प्रशासनको अपिल

शुक्रबार, माघ १८, २०७५



सिकागो । अमेरिकाको मध्य पश्चिमी क्षेत्र अत्यन्त चिसोको चपेटामा परेको छ ।  अन्ट्राटिका भन्दा चिसो हुनाले अमेरिकी जनजीवन अस्तव्यस्त बन्न पुगेको छ । सहन नसक्ने ठण्डीले विमान सेवा समेत अबरुद्ध भएको छ ।

सिकागोको विहानको तापक्रम माइनस ३० भन्दा बढी देखिएको छ । अलास्काको राजधानी क्षेत्रमा मानिसको जनजीवन मुस्कील भएको मिडियाले जनाएको छ ।  शहरको दुई ठूला एयरपोर्टबाट १५ सय भन्दा बढी उडान रद्ध गरिएका छन् । रेल सेवा अत्यधिक हिमपातको कारण बन्द भएको छ ।
सिकागो समेत उत्तरी क्षेत्रमा हावाको तापक्रम माइनस ५५ मापन गरिएको छ ।

अत्यन्त चिसो हावाको कारण चिडियाघर बन्द गरिएको छ । अमेरिकाको दश राज्यमा अत्यधिक हिमपात भएको सञ्चार माध्यमले जनाएका छन् । स्थानिय प्रशासनले मानिसलाई घर बाहिर ननिस्कन अपिल गरेको छ ।

आफ्नो घरपालुवा कुकुर बचाउन एक व्यक्ति हिमतालमा कुदेको कारण उनको जीवन रक्षा गरेको प्रशासनले जनाएको छ । भारी हिमपात र तुफानको कारण वरफको मूर्ति बनाउने प्रतियोगिता समेत स्थगित गरिएको छ ।

295 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank