सधैभरि पाए हुन्थ्यो तिम्रा बालापन

शुक्रबार, भदौ २९, २०७५

- सीता ओझा-अध्यक्ष महिला अध्ययन केन्द्र



कुनै दिन म तिमीलाई उठाउन रोएँ
धेरै जसो म तिमीलाई बनाउन रोएँ

कैलेकैले मैले तिम्लाई धेरै नजर लाएँ
नबोले नि मैले तिम्लाई कति गनगनाएँ

न सोधे नि तिमीलाई कति फन्का लाएँ
धेरै पटक ! तिम्रा घुर्किहरू सुनेर पचाएँ

त्यसैले त खुसि छु नि मनै देखि आज
खुसिभित्रै भिजेकी छु रूदै फेरि आज

सम्झनामा गडेको छ आज वालापन
अरूलाई नमन गर्छु तिमीलाई सलाम

दुख पिर केहि छैन खुशि खुशि मन
सधैभरि पाए हुन्थ्यो तिम्रा बालापन

अध्येरी र उजेली छ तिम्रोहाम्रो जीवन
खुसि अनि दुख पनि केलाउने छ मन

साँझ भन्दा विहानीको हाम्लाई लाग्छ चाह
साउँको भन्दा कति कति व्याजको माया

हिजो भन्दा आज तिमी फरक भएका छौ
सुचना र प्रविधिले जीवन रङ्गाएका छौ

हेर पनि खेल पनि दुनियाँ चिन्ने गरि
सपनाको कल्पनामा विपना ल्याउने गरि

149 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank