टेलिकमले नथामेपछि दोहोरो अंकले खस्कियो बजार

बुधबार, कार्तिक ८, २०७४

loading...


काठमाडौं ।  पछिल्ला केही दिनहरूमा नेपाल टेलिकमले थामेको सेयर बजारको वृद्धि कायम हुन नसकेपछि बुधबार दोहोरो अंकले घटेको छ । कारोबार सुरूभएदेखि नै घटेको बजार अन्तिम समयमा आएर १३ दशमलव ९२ अंकले ओरालो लागेर नेप्से परिसूचक १५५३.७२ अंकमा बन्द भएको हो ।

636445439848902228

सेयर बजारमा सबैभन्दा बढी कारोबार हुने क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शून्य दशमलव ९७ प्रतिशतले घटेर ३२७.०२ अंकमा बन्द भएको छ ।

बुधबारको बजारमा १५९ कम्पनीका १४ लाख ४७ हजार २७१ कित्ता सेयर ४७ करोड १० लाख २७ हजार रुपैयाँमा खरिद बिक्रि भएका छन् ।

कारोबारमा आएका नौ उपसमूहमध्ये सात समूह घटेका छन् भने होटल्स् ३१ दशमलव ३५ अंक र व्यापर समूह भने ११ दशमलव ७३ अंकले उकालो लागेको छ । मंगलबारको तुलनामा बुधबार कारोबार रकममा ११ करोड रुपैयाँले वृद्धि भएको छ । मेरो लगानीबाट

111 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv