प्रदेश स्तरिय तेक्वान्दो प्रशिक्षण शुरु

बिहिबार, मंसिर २०, २०७५

- शरद रेग्मी



 दाङ । बिहीबार देखि प्रदेश  ५  काे दाङ जिल्लामा  प्रदेश स्तरिय  तेक्वान्दो प्रशिक्षण शुरु भएको छ ।  बिहीबार नेपाल तेक्वान्दो सङघ प्रदेश नम्बर ५ को आयोजनामा तुलसिपुरमा एक कार्यक्रमकाबीच प्रशिक्षणको उद्घाटन गरिएको हो ।

प्रदेश ५ का  १२ जिल्लाका ५० बढि खेलाडीहरु सहभागी रहेको प्रशिक्षण कार्यक्रमको एक कार्यक्रमकाबीच प्रदेश सभासद डिल्लीबहादुर चौधरीले उदघाटन गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले नेपालमा खेलकुदको राम्रो सम्भाबना र अबसर रहेको बताए । उनले खेलाडीहरुलाई पटक पटक बिबादमा आउदा नेपालको छवि अन्तराष्ट्रिय जगतमा नकारात्मक पर्न गएको भन्दै आफ्नो जन्मभुमि, पेशा र अनुसासनलाई मुख्य प्राथमिकतामा खेल खेल्न समेत खेलाडीहरुलाई अनुरोध गरे ।

t4

नेपाल तेक्वान्दो सङघ प्रदेश नम्बर ५ का अध्यक्ष बिमल रिजालको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा दाङ जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष डिल्ली डागि,प्रशिक्षक नवीन कुमार श्रेष्ठ ,लगायतले शुभकामना ब्यक्त गरेका थिए । दाङमा आजदेखि पहिलोपटक तेक्वान्दोको निर्णायक प्रशिक्षण सुरु भएपछि खेलाडीहरु थप हौसिएका छन ।

प्रशिक्षण चार दिनसम्म सञ्चालन हुने प्रशिक्षक सुमन घलेले जानकारी दिएका छन् । कार्यक्रमको सहजिकरण तेक्वान्दो सङघ प्रदेशका महासचिव बिनिल कसीले गरेका थिए ।

72 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank