पाटी प्यालेसमा तीज मनाउन पाउनु पर्ने माग गर्दै सरकारको ध्यानाकर्षण

आइतवार, भदौ १, २०७६



काठमाडौं । हिन्दु नारीले मनाउने हरितालिका तीज होटल तथा पाटी प्यालेसमा मनाउन पाउनु पर्ने माग गर्दै संसद तथा सदनको ध्यानाकर्षण गराएका छन ।

आइतबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै सांसद रंगमति शाहीले सदन तथा सरकारको ध्यानाकर्षण गरेकी हुन । उनले विबाह महोत्सवमा ५१ जना भन्दा बढीले सहभागी हुन नपाउने कानूनी प्रावधान रहेको भए पनि त्यो नरोकिएको भन्दै तडकभडक बढिरहँदा सरकारको ध्यान पुग्न नसकेको आरोप लगाएकी छिन ।

 महिलाहरुले सकि नसकि बचाएको केहि रकम वर्ष दिनको एउटा चाड तीजमा रमाइलो गर्नका लागि हाेटल पाटी प्यालेसमा जान बन्देज लगाएकाे भन्दै  आपत्ती जनाएकी छिन । पाटी प्यालेसमा तीज मनाउँदैमा भष्ट्रचार नहुने भन्दै सरकार आफै भ्रष्टचारमा लागिरहेको आरोप लगाइन । उनले हाेटल तथा पाटी प्यालेसमा तीज मनाउन  लगाएकाे बन्देज फिर्ता लिन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गरेकी छिन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata