हिन्दूमहिला तीजको उल्लासमा, शिवालयमा घुइचो

बुधबार, भदौ २७, २०७५



काठमाडौं । नेपाली हिन्दु महिलाले आज हरितालिका तीज विषेश उल्लासका साथ मनाउँदैछन् । देवाधिदेव महादेवको पूजा अर्चना र व्रत बस्दै महिलाहरुले हरितालिका तीज मनाउँदै छन् । निराहार बसी महिलाहरु बिहार्नै देखि देशभरीरहेका शिवालयमा पुगेका छन् । महिलाहरू सबेरै स्नान गरी शुद्ध वस्त्र पहिरेर पूजा सामग्री तयार पार्छन् । त्यसपछि पशुपतिनाथ लगायत शिव मन्दिरमा गई शिव–पार्वतीको पूर्जाअर्चना गर्ने चलन छ । तीज अवधिभर महिलाहरू रातो पहिरनमा सजिने गर्छन ।

शुपतिक्षेत्र विकास कोषले पशुपति दर्शन गर्न जानेका लागि विशेष व्यवस्था मिलाएको छ । कोषले दर्शनका लागि पाँच लाखभन्दा बढी भक्तजनका लागि पाशुपत क्षेत्रमा तयारी गरेको हो । कोषले सरदर एक घन्टाभित्र पशुपतिनाथ मन्दिरमा दर्शन गराउने लक्ष्य राखेको छ । कोषले दर्शनका लागि भक्तजनलाई चारवटा लाइनको व्यवस्था गरेको छ । मन्दिर प्रवेश र सःशुल्क टिकटका लागि टिकट लिई कोषको कार्यालयबाट सीधै मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

तीज भएपनि अरु पूजा पनि रोकेको छैन । शिवपुराणमा उल्लेख भएअनुसार पार्वती बाल्यकालदेखि नै महादेवप्रति भक्तिभाव राख्ने गरेको पाइन्छ । पार्वतीको कठोर निराहार व्रतका प्रभावले महादेव पति पाउन सफल भएको धर्मग्रन्थमा उल्लेख छ । सखीले पार्वतीलाई हरण गरेर लुकाउँदा व्रत बसेकाले त्यसैको नामबाट यस व्रतको नाम ‘हरितालिका’ रहन गएको विश्वास छ ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली महिलाको महान् चाड हरितालिका तीजका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै सांस्कृतिक पर्वलाई अक्षुण्ण राख्दै विकृति र नकारात्मक पक्षलाई छोड्दै जानुपर्ने बताउनुभएको छ । यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि सोही अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

126 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank