चीन अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न इच्छुक छ- राष्ट्रपति सी

बुधबार, माघ १५, २०७६



एजेन्सी । चीन कोरोना भाइरससँग संघर्षरत छ । यसैबीच चिनियाँ राष्ट्रपति सी जिनपिङले  कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा विश्व स्वास्थ्य संगठनको सहभागितालाई उच्च मूल्यका साथ् स्वागत गरेका छन् ।

महासंघ महानिर्देशक टेड्रोस अडानोम गेब्रेयसिस( Tedros Adhanom Ghebreyesus)लाई स्वागत गर्दै मंगलबार राष्ट्रपति सी’ले चीन क्षेत्रीय र विश्वव्यापी जनस्वास्थ्यको प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय समुदायसँग काम गर्न इच्छुक रहेको बताएका छन् ।

“चिनियाँ सरकारले भाइरस सम्बन्धी सूचनाहरू समयमै, खुला र पारदर्शी ढंगले सञ्चार गर्दै आएको छ, जनताको चिन्तालाई सक्रियतापूर्वक प्रतिक्रिया दिन र अन्तर्राष्ट्रिय सहयोगलाई सुदृढ पार्न हामी क्रियाशील छौं”, उनले भने ।

डब्ल्यूएचओ प्रमुख गेब्रेयसिस समक्ष राष्ट्रपति सी’ले भने,”चीनको कम्युनिष्ट पार्टीको नेतृत्व र यहाँको जनताको आत्मबल कोरोना भाइरसको विरूद्ध लडाई लड्न र लडाई जित्न  दृढ र सक्षम छ ।”

Tedros Adhanom Ghebreyesus and xi jingping , who-corona virusको लागि तस्बिर परिणाम

राष्ट्रपति सी’ले बैठकको दौरा जनताको जीवन र स्वास्थ्यलाई प्राथमिकता दिइने साथै रोगको रोकथाम र नियन्त्रण हाल सबैभन्दा महत्त्वपूर्ण काम रहेको कुरामा जोड दिए । उनले डब्ल्यूएचओ र अन्तर्राष्ट्रिय समुदायले पनि भाइरसको शान्त, उद्देश्यप्रक र तर्कसंगत मूल्यांकन गर्ने विश्वास व्यक्त गरे ।

महानिर्देशक गेब्रेयसियसले कोरोना भाइरसको विरूद्ध लड्न चिनियाँ सरकारको समसामयिक र प्रभावकारी उपायहरुको प्रशंसा गर्दै भने “भाइरस सम्बन्धि पारदर्शी सूचना प्रकाशित गर्नु, छोटो समयमा रोगजनकहरुको पहिचान गर्नु र भाइरल जीनोम(एक कोष भित्र संग्रहित जिन्स)लाई क्रमबद्ध गरी सार्वजनिक गर्नु वास्तवमै प्रशंशायोग्य छ ।”

महानिर्देशक गेब्रेयसियसले डब्ल्यूएचओले महामारीको विरूद्ध लड्न चीनको उपायहरुलाई दृढतापूर्वक समर्थन गर्ने साथै  चीनसँगको संचार र सहयोगलाई मजबुत बनाउन सबै आवश्यक सहयोग प्रदान गर्न इच्छुक रहेको बताएका छन् ।

भाइरस संक्रमण ३० प्रतिशतले वृद्धि :

चीनामा निकै रफ्तारमा फैलिएको कोरना भाइरसले १३२ जनाको मृत्यु भएको साथै ६,००० भन्दा बढी घटनाहरू सामुन्ने आएका छन् । मंगलबार ४५०० व्यक्तिमा देखिएको यस भाइरस आज(बुधबार) ३० प्रतिशतले वृद्धि भई ६,००० पुगेको हो ।

यसैबीच चिनियाँ सरकारले कोरोना भाइरसको उत्पतिस्थल वुहान शहरमा १० दिन भित्र अस्पताल बनाउने घोषणा गरेको छ । २३ जनवरी देखि शुरु भएको अस्पताल निर्माणको कार्य आगामी फेब्रुअरी ०३ मा सम्पन्न हुने अधिकारीहरूले बताएका छन् । सीजीटीएनको रिपोर्टअनुसार २५,००० वर्ग मिटर क्षेत्रफलमा निर्माण भइरहेको उक्त अस्पतालमा १,००० बेड हुनेछन् । ‘होशेंसन अस्पताल’ नाम दिइएको उक्त अस्पताल निर्माणको घटनालाई विश्वले चाख दिएर हेरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments