दुई दिने वित्तिय साक्षरता तालिम सम्पन्न

सोमवार, कार्तिक ४, २०७६



बाजुरा । महिला उद्यमी तथा युवाहरुका लागि दुई दिने वित्तिय तालिम सम्पन्न भएको छ । बाजुरा जिल्लाको पूर्वउत्तोत्तरी क्षेत्रमा रहेको जगन्नाथ गाउँपालिका वडा न. २ लुमामा स्थानिय महिला तथा यूवा उधमीलाई लक्षित गर्दै तालिमको आयोजना गरिएको थियो ।

एक्सनएड नेपालको साझेदारी, पीसविन बाजुराकोे आयोजना र राष्ट्रिय वाणिज्य बैंक कोल्टी शाखाको समन्वयमा तालिम सम्पन्न भएको जनाइएकाे छ । स्थानीय महिला उद्यमी र युवाहरुलाई बैंकिङ्ख कारोबार, बचत, कर्जा र लगानी र व्यवसायको जानकारी गराउने र समुदायदाई व्यवसाय तर्फ उन्मुख गराई सामाजिक विकृतिको अन्त्य गर्ने उद्देश्यका साथ तालिम संचालन गरिएको पीसविनका स्थानिय अधिकार कार्यक्रम संयोजक पदम कठायतले बताए ।

a

तालिमको सहजिकरण कार्यक्रम संयोजक पदम कठायत र राष्ट्रिय वाणिज्य बैक शाखा कार्यालय कोल्टीका कर्जा अधिकृत तपेन्द्र शाहले गरेका थिए । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata