अस्पताल परिसरलाई आन्दोलन स्थल नबनाउन शिक्षण अस्पतालको अपिल

सोमवार, माघ १४, २०७५



काठमाडौं । आमरण अनशनरत डा.गोविन्द केसीको समर्थनमा आन्दोलनरत चिकित्सकहरुलाई अस्पताल परिसरलाई आन्दोलन स्थल नबनाउन त्रि.बि शिक्षण अस्पताल महाराजगञ्जले अपिल गरेको छ ।

गत पुस २५ गतेबाट चिकित्सा शिक्षा सुधारको माग गर्दै १६ औं पटक आमरण अनशनमा बसेका डा. केसी समर्थकहरुले उनको जीवन रक्षाका लागि भन्दै अस्पताल परिसरमा रिले अनशन थाले पछि अस्पतालले प्रेस विज्ञप्ती मार्फत उक्त अपिल  गरेकाे हो ।

चिकित्स संघकाे उक्त कार्य प्रति ध्यानाकर्षण गर्दै अस्पताल परिसरमा हुने अनशन, रिले अनशनले जनताको सेवा प्रभावित हुने विज्ञप्तीमा उल्लेख गरिएको छ । सर्वसाधरणको पहुँचमा रहेको त्रिबि शिक्षण अस्पतालमा आन्दोलनका गतिविधि नराखी नियमित रुपमा जनताको सेवा दिन चिकित्सकलाई अपिल गरेको छ ।

यस्ताे छ  प्रेस विज्ञप्ती 

press

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata