विद्यालयमा मदिरा सेवन गरि नाचगान गर्ने पाँच शिक्षक पक्राउ

बुधबार, साउन १, २०७६



चितवन । विद्यालयलाई सरस्वतीको घर मानिन्छ । जहाँ कलिला मुनाहरुशिक्षा आर्जन गर्दै सुनौलो भविष्य निर्माण गर्ने गर्छन । विद्यालय जस्तोे पवित्र क्षेत्रलाई शान्तिको क्षेत्र मानिन्छ । तर कतिपय विद्यालयमा अपत्यारिला घटना बेला बेला सार्वजनिक हुने गर्छन । त्यस्तै अपत्यारिलो घटना चितवनको सरकारी विद्यालयमा घटेको छ ।

शिक्षकहरु समाजका मार्ग दर्शकको रुपमा चिनेन गर्छन । उनीहरुको नैतिकताले समाज र राष्ट्रको पहिचान हुने गर्छ । तर चितवनको रत्ननगरमा नगरपालिका ९ स्थित कपरखोरी माविको भवनमा मदिरा खाएर नाचगान गर्दै गरेका प्रधानाध्यापकसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विद्यालयको नव निर्मित भवनमा शिक्षकहरु मदिरा सेवन गरि नाँचगाान गरिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पक्राउ पर्नेमा विद्यालयका प्रधानाध्यापक विष्णु कट्टेल, सह–प्रधानाध्यापक कृष्णविलास ढुंगाना, लेखापाल बालकृष्ण पौडेल, विद्यालय भवन निर्माण समितिका संयोजक बलराम बगाले र कार्यालय सहयोगी गोपाल रिमाल रहेका छन । उनीहरुलाई हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata