शिक्षक सेवा आयोगद्वारा ९ हजार ९९६ स्थायी शिक्षकका लागि विज्ञापन खुला

शुक्रबार, असार १, २०७५



काठमाडौं । सेवा आयोगले एकैपटक व्यापक मात्रामा स्थायी शिक्षकका लागि विज्ञापन आव्हान गरेको छ । आयोगले प्राथमिक तहको तृतीय श्रेणी सरहका खुला तथा समावेशीतर्फ गरी कुल ९ हजार ९९६ स्थायी शिक्षकको माग गर्दै विज्ञापन खोलेको हो।

शुक्रबार शिक्षक सेवा आयोगद्वारा सूचना प्रकाशित गरी उक्त संख्यामा रिक्त रहेका पदका लागि दरखास्त आह्वान गरेको हो। यही असार ३० गतेसम्म इच्छुकले दरखास्त फाराम भर्न आह्वान गरिएको छ । विज्ञापनमा ७७ वटै जिल्लामा गरी खुलातर्फ कुल ५ हजार ४९८ शिक्षक माग गरिएको छ ।

यस्तै, समावेशीतर्फ महिलामा एक हजार ४२१ तथा दलित महिलामा ४९ र मुस्लिम महिलामा १७ कोटा छुट्याइएको छ । साथै आयोगले आदिवासी जनजाति कोटामा एक हजार २१५ जना, मधेशीतर्फ ९८६, दलितमा ४०५, अपाङ्गता भएका व्यक्तिका लागि २२५ र पिछडिएका क्षेत्रका लागि १८० कोटा छुट्याइएको छ।

प्रतिस्पर्धा जिल्लास्तरमा हुने भएको छ । शिक्षक छनौटका लागि लिखित परीक्षा असोज १३ गते शनिबारका दिन हुने जनाइएको ।

 

 

 

 

774 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank