कर बुझाउने म्याद असार ७ गतेसम्म थप

बुधबार, जेष्ठ २१, २०७७



काठमाडौं । आन्तरिक राजश्व विभागले कर वुझाउने म्याद असार ७ गतेसम्म थप गरेको छ ।

विभागले मंगलबार जेठ २५ गतेभित्र कर तिर्नुपर्ने, नभए जरिवााना लाग्ने सूचना जारी गरेकाे थियाे । काेराेना महामारीकाे कारण जेठ३२ गते सम्म लकडाउन अवधी थपिएकाेछ ।

तर विभागले २५ गते भित्र कर तिर्नु पर्ने ताकेता गरेसँगै चाैतर्फी विराेध सुरू भएकाे थियाे । चौतर्फी विरोध भएपछि विभागले बुधबार विज्ञप्ति जारी गर्दै असार सात गते सम्मको लागि समायावधी थप गरेको हो।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments