चार वर्षपछि तातोपानी नाका सञ्चालनमा

मङ्लबार, जेष्ठ १४, २०७६



काठमाडौं । नेपाल र चीन जोड्ने सिन्धुपाल्चोकको तातोपानी नाका चार वर्षपछि सञ्चालनमा आएको छ । भुकम्पका कारण चार वर्षदेखि बन्द रहेको तातोपानी नाका बुधबारबाट सञ्चालनमा आएको हो ।

आज विहान ऊन ल्याउन चारवटा कन्टेनर चीनको खासा पठाउदै नाका व्यवसायिक रुपमा खुल्ला गरिएको हो । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार आज चीन गएका चारवटा कन्टेनर खासावाट ऊन भरेर भोली नेपाल फर्कने जनाएको छ ।

नेपाल चीन जोडने मितेरी पुलको निर्माण कार्य पूरा नभएका कारण कन्टेनर कच्ची सडकको पुल हुँदै चीन गएका हुन । नाका खुलेसँगै चीनको सहयोगमा निर्माण गरिएको सुख्खा बन्दरगाह पनि सञ्चालनमा ल्याउने तयारी छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata