जुवाखालमा प्रहरीको छापा २५ पक्राउ,दुई करोड भन्दा बढि रकम बरामद

आइतवार, कार्तिक १०, २०७६



काठमाडौं । तिहारलाई लक्षित गर्दै प्रहरीले जुवतास नियन्त्रण अभियान तीव्र बनाएको छ । सोहि क्रममा प्रहरीले काठमाडौंको महाराजगञ्जको एक जुवाखालबाट २५ जना पक्राउ गरेको छ।

जुवाखालबाट नगद र चेकसहित २ करोड बढी रकम बरामद गरेको प्रहरीले जनाएको छ ।  पक्राउ पर्नेमा इन्द्रप्रसाद श्रेष्ठ, ‘क्यासिनो किङ’ भनिने बलराम सापकोटा (बले), शोभित सिलवाल लगायत छन् ।

महानगरीय प्रहरी अनुसार, विक्रम गौतमको घरमा छापा मार्दा जुवाखालबाट २ करोड ६७ लाख नगद र बैंक अफ काठमान्डूको ३ लाखको चेक बरामद गरेको जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata