सात जना जुवाडे पक्राउ

मङ्लबार, बैशाख ३०, २०७७



कास्की । पोखरा महानगरपालिका-३० मोहरियास्थित गंगा प्रसाद गुरुङको घरमा बाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६० वर्षीय डम्बर बहादुर गुरुङ सहित ७ जनालाई पक्राउ गरेकाे छ ।

उनीहरूकाे साथबाट नगद २१ हजार २ सय ३५ रुपैयाँ र तास समेत बरामद गरेकाे प्रहरीले जनाएकाे छ । ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments