६ जुवाडे पक्राउ

बुधबार, बैशाख २४, २०७७



कास्की । पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने रौतहट चन्द्रनिगाहपुर-५ घर भएका ४७ वर्षीय दुर्गा बहादुर सुवेदीको दुर्गा बेकरीमा जुवातास खेलिरहेको अवस्थामा सुवेदी लगायत ६ जनालाई नगद ३६ हजार ६ सय ९० रुपैयाँ र ४ बुक तास सहित मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले बेकरी संचालक दुर्गा समेतका उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments