६ जुवाडे पक्राउ

मङ्लबार, चैत्र ४, २०७६



काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा पक्राउ ६ जना जुवाडे पक्राउ परेका छन ।  काठमाडौं महानगरपालिका- ३२ पेप्सीकोलाबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन ।

पक्राउ पर्नेमा  सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ घर भई भक्तपुर ठिमी बस्ने ५० वर्षीय बुद्धि बहादुर राउत लगायत ६ जना रहेका छन । महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे हाे । उनीहरुकाे  साथबाट नगद ५३ हजार ९ सय ६५ रुपैयाँ समेत बरामद भएकाे प्रहरीले जनाएकाे छ ।  महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments