५ जुवाडे पक्राउ

बिहिबार, कार्तिक २८, २०७६



ललितपुर । जुवातास खेलिरहेको अवस्थामा नगद सहित पाँच जुवाडे पक्राउ परेका छन । कोञ्जोसोम गाउँपालिका ४ तल्लो नल्लु बस्ने सागर तामाङको सोही ठाउँस्थित टहरामा जुवातास खेलिरहेको अवस्थामा तामाङ सहित पाँच जना पक्राउ परेका हुन ।

उनीहरुको साथबाट ५८ हजार ६ सय ७५ रुपैयाँ, ३ बुक तासका साथै १३ थान कौडा सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata