८ लाख ९३ हजार नगद सहित ७ जुवाडे पक्राउ

शुक्रबार, असार ५, २०७७



कैलाली। जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन । घोडाघोडी नगरपालिका-१ सुख्खड बस्ने करन थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१ बस्ने ३२ वर्षीय अक्कल बहादुर शाही लगायत ७ जनालाई नगद ८ लाख ९३ हजार ५० रुपैयाँ, मोबाइल ७ थान र तास १ गड्डी सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हाे ।

थापाको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी अनुसन्धान र ईलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरुलाई जुवातास खेलिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments