तरुणको गुटगत भेला, स्थापना दिवस पनि छुट्टाछुट्टै

मङ्लबार, कार्तिक ५, २०७६



काठमाडौं । नेपाल तरुणदलमा विवाद चर्किदै गएको छ । अध्यक्ष जितजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीले तरुणको स्थापना दिवस अलगअलग रुपमा मनाउने घोषणा गरेका छन ।

नेपाल तरुण दलका महासचिव भुपेन्द्र जङ्ग शाहीले उपत्यकास्तरीय तरुण भेला आयोजना गरेर यहि कार्तिक १० गते स्थापना दिवस मनाउने घोषणा गरेका छन। महासचिव शाहीले कात्तिक १० गते नै चियापान तथा तरुण भेला गरिने जानकारी दिए ।

गत भदौ २८ गते एकअर्कालाई कारवाहीको घोषणा गरेका अध्यक्ष बस्नेत र महासचिव शाहीले तरुण दलको स्थापना दिवसको अवसरमा आयोजना गरिने कार्यक्रम स्थल पनि एउटै तय गरेका छन ।

tarundal

महासचिव शाहिले वरिष्ठ नेता पौडेलको प्रमुख आतिथ्यता र महामन्त्री डा  शशांक कोइरालाको विशिष्ट आतिथ्यतामा आयोजना गरिने भेलाका लागि आफ्नो नेतृत्वमा सबै जिल्ला अध्यक्ष सदस्य रहेको एक हजार एक सदस्यीय मूल समारोह समिति गठन गरिएको पनि बताए । उनले चियापान कार्यक्रममा नेताहरु प्रकाशमान सिंह,डा रामशरण महत, डा शेखर कोइराला, कृष्णप्रसाद सिटौला, डा मीनेन्द्र रिजाल, लगायतका अथितीहरुलाइ अामन्त्रण गरिएकाे जनाएका छन ।

ta

महासचिव शाहीले संगठनका अध्यक्ष बस्नेतलाई आफूले कारवाही गरिसकेको र अहिले आफूले नै अध्यक्षको हैसियतमा संगठन चलाइरहेको पनि दाबी गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata