अध्यक्षलाई कुनै पनि निर्णय गर्ने अधिकार छैन: महासचिव शाही

बुधबार, भदौ २५, २०७६



काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन तरुण दलको विवाद चुलिदै गएको छ । तरुणदल भित्र विावदका बारेमा अध्यक्ष जितजंग बस्नेत र महासचिव भूपेन्द्रजंग शाहीले एक अर्का विरुद्ध आरोप प्रत्यारोप लगाइरहेका छन ।

अध्यक्ष बस्नेतले महासचिव शाहीले गरेको निर्णय वदर गरेको भन्दै विज्ञप्ती निकालेसँगै महासचिव शाहीले पनि त्यसको खण्डन गर्दै विज्ञप्ती निकालेका छन । उनले विज्ञप्ती मार्फत तरुण दलका अध्यक्ष बस्नेतको व्यक्तिगत स्वार्थका कारण संगठन कमजोर भएको आरोप लगाएका छन ।

एकलौटी र अलोकतान्त्रीक निर्णय गरेको भन्दै विज्ञप्ती मार्फत घोरभत्सना गरेका छन । तरुण दलको अध्यक्षको हवला दिदैं अब देखि सांगठानिक निर्णय नगर्न समेत विज्ञप्ती मार्फत सचेत गराइएको छ ।

भ्रामक समाचारको पछि नलाग्न तरुण दलका नेता कार्यकर्तालाई स्पष्ट पार्दै विज्ञप्ती मार्फत अध्यक्ष बस्नेतले गरेको निर्णय विरुद्ध आफ्नो निर्णय आधिकारी रहेको दाबी गरिएको छ ।

विज्ञप्ती जस्ताकाे त्यस्तै

begaptea

याे पनि पढ्नुहाेस

तरुणदलमा मारमार, महासचिवको निर्णय अध्यक्षद्वारा बदर

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata