तरुणदलमा मारमार, महासचिवको निर्णय अध्यक्षद्वारा बदर

बुधबार, भदौ २५, २०७६



काठमाडौं । नेपाली कांग्रेसको भातृसंगठन तरुणदलमा विवाद देखा परेको छ । नेपाल तरुणदलका अध्यक्ष जीतजंग बस्नेतले महासचिव भूपेन्द्रजंग शाही पदीय मर्यादा विपरित हिडेको आरोप लगाएका छन् ।

अध्यक्ष बस्नेतले बुधबार एक प्रेस विज्ञप्ती मार्फत महासचिव शाही विधि, विधान, प्रक्रिया र सिद्धान्त विपरित चलिरहेको जनाएका छन । शाहीले पदीय मर्यादाको परिधिमा रहन आग्रह गर्दै उनले गरेका निर्णय बदर गरेका छन् ।

महासचिव शाहीले सिन्धुपाल्चोक तरुण दलका उपाध्यक्ष सगुन श्रेष्ठलाई गरेको कारवाही फुकुवा यथावत रहेको र सप्तरी जिल्ला अध्यक्ष हालका मितिसम्म नियुक्त नगरिएको अध्यक्ष बस्नेतले स्पष्ट पारेका छन् ।

हेर्नुहाेस विज्ञप्ती

trundal

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata