तरुण दलले ६७ औँ स्थापना दिवस देशभर मनाउने

शनिबार, कार्तिक २, २०७६



काठमाडौं । नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल तरुण दलले ६७ औँ स्थापना दिवस देशभर मनाउने भएको छ । दलको कार्यालय कुलेश्वरमा हिजो(शुक्रबार) बसेको बैठकले दलको ६७ औँ स्थापना दिवसका अवसरमा कात्तिक १० गते रचनात्मक र सिर्जनात्मक क्रियाकलाप गरेर देशभर भव्यताका साथ् स्थापना दिवस मनाउने निर्णय गरेको हो ।

दलका अध्यक्ष जीतजङ्ग बस्नेतले रक्तदान, खेलकूद, सरसफाइ, विचारगोष्ठी, र्याली, प्रभातफेरी, चियापानलगायतका कार्यक्रम गरेर मनाउने निर्णय गरेको जानकारी दिए । दलले स्थापना दिवस भव्यताका साथ मनाउन सबै जिल्लालाई परिपत्रसमेत गरेको छ ।

बैठकमा अध्यक्ष बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान् गुरुङलगायतको उपस्थिति रहेको थियो । विसं २०७३ कात्तिकमा अन्तिम सात निर्वाचन भएको तरुण दलले अहिलेसम्म पनि पूर्णता पाउन सकेको छैन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata