टर्कीमा फेरि एर्दोआन विजयी : ‘राष्ट्रनिर्मातापछिकै शक्तिशाली’

सोमवार, असार ११, २०७५



टर्कीका निर्वाचन अधिकारीहरूले राष्ट्रपति रेजेप तय्यीप एर्दोआन दोस्रो कार्यकालका लागि विजयी भएका छन्।प्रमुख निर्वाचन अधिकारी सादी गुभेनले ‘खसेका वैध मतमध्ये राष्ट्रपतिले बहुमत मत ल्याएको’ बताए। तर उनले थप विवरण दिएनन्। सरकारी सञ्चारमाध्यमका अनुसार ९० प्रतिशत मत गणना भइसक्दा एर्दोआनले करिब ५३ प्रतिशत मत हासिल गरेका छन्।  उनका प्रमुख प्रतिद्वन्द्वी मुहर्रम इञ्जाले ३१ प्रतिशत मत हासिल गरेका छन्।

शक्तिशाली

आधाभन्दा बढी मत हासिल गरेसँगै अर्को चरणमा प्रतिस्पर्धा गर्नबाट एर्दोआन जोगिएका छन्। एर्दोआनको एकेले पार्टी संसद्‌मा पूर्ण बहुमत ल्याउने देखिएको छ। चुनावको औपचारिक नतिजा चाहिँ शुक्रवार घोषणा गरिने छ। टर्कीको नयाँ संविधानले राष्ट्रपति एर्दोआनलाई व्यापक शक्ति प्रदान गरेको छ। राष्ट्रनिर्माता आटाटर्कपछिकै उनी सबैभन्दा शक्तिशाली नेता भएको देखिएका छन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata