‘विषादी जाँच नगरी तरकारी, फलफूल नल्याउनू’ – सर्वोच्च अदालत

बुधबार, साउन १, २०७६



एकल इजलासबाट जारी अल्पकालीन आदेशलाई निरन्तरता दिँदै सर्वोच्च अदालतले मंगलबार भारत तथा अन्य मुलुकबाट आउने तरकारी तथा फलफूल विषादी परीक्षण नगरी नभित्र्याउन अन्तरिम आदेश दिएको छ।

न्यायाधीशद्वय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासले दुईदिनको बहस सकिएपछि सरकारका नाममा अन्तरिम आदेश दिएको हो। विषादी मुद्दामा ६ दिनअघि न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासबाट तरकारी तथा फलफूल विषादी परीक्षण नगरी नभित्र्याउन अल्पकालीन आदेश जारी गरेको थियो।

काठमाडौंस्थित भारतीय दूतावासको पत्र आएपछि विषादी परीक्षणको निर्णयबाट पछि हट्ने सरकारी निर्णयलाई चुनौती दिँदै तीनवट रिट दायर भएका थिए।

दायर तीनवटा रिटको सुनुवाइपछि सर्वोच्च अदालतले सरकारलाई निर्णयबाट पछि हट्न नसक्नेगरी बाध्य बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रशासकहरुले आफूलाई दूतावासको पत्रबारे गुमराहमा राखेको भन्दै जनतासामु लज्जित भएको अभिव्यक्ति सार्वजनिक रुपमा दिइसकेका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata