चन्द्रागिरी डाँडामा विश्वकप क्रिक्रेटको ट्रफी सार्वजनिक

आइतवार, कार्तिक ११, २०७५



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्वकप क्रिकेटको ट्रफी चन्द्रागिरीमा सार्वजनिक गरिएको छ ।शुक्रबार काठमाडौं ल्याइएको ट्रफी आइतबार बिहान नेपाली क्रिकेट टोलीका पूर्वकप्तानद्वय उत्तम कर्माचार्य र पवन अग्रवालले सार्वजनिक गरेका हुन् ।

यसअघि शनिबार पोखरामा प्रदर्शन गरेको ट्रफी आज नै प्रधानमन्त्री निवास बालुवाटार ल्याउने कार्यक्रम रहेको छ । ट्रफी चार दिन नेपाल राखेर भारत पुर्याइने आइसीसीले जनाएको छ । विश्वकप ट्रफी नेपालसहित विश्वका २१ देशका ६० शहरमा प्रदर्शन गरिने आइसीसीले जनाएको छ ।

175 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank