फेसबुकबाट ठग्ने तीन जना पक्राउ

बुधबार, साउन १, २०७६



‘सस्तो मूल्यमा सामान दिने’ भन्दै फेसबुकमा विज्ञापन गरेर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं–१६ खुशिबु नयाँबजार बस्ने भारत उत्तर प्रदेशका ३० वर्षीय आकिव जावेद, क्षेत्रपाटी बस्ने महोत्तरी महानगरपालिका सोनमा गाउँपालिका–७ का एमडी सगिर शेख र काठमाडौं–१६ खुशिबु नयाँबजार बस्ने महोत्तरी गौशाला नगरपालिका– ५ का यमदादुल मोमिन छन् ।

काठमाडौं–१६ खुशिबुबाट उनीहरूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए ।

उनीहरूले सामाजिक सञ्जालमा ‘तारा ग्याजेड्स’ नामक पेज बनाई विदेशबाट ब्रान्डेड ल्यापटप, मोबाइल, क्यामेरा, घडी शृंगारलगायतका सामान प्रचार गर्दै आएको प्रहरीको भनाइ छ ।

सो समूहले मोबाइलबाट हवाट्स एप, इमो, भाइबर, फेसबुकलगायत प्रयोग गरी ‘सस्तो मूल्यमा ब्रान्डेड सामान उपलब्ध गराउने’ भन्दै विज्ञापन गरेर ग्राहकबाट रकम संकलन गर्दै आएको थियो ।
उनीहरूले एक महिनाको अवधिमा ८० लाख रुपैयाँभन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata