डीसी तामाङ समाजमा उत्तर लामा सभापतिमा सर्बसम्मतिबाट निर्वाचित

मङ्लबार, मंसिर २१, २०७३

loading...

- बिजय थापा



वाशिंटन डीसी, २१ मंसिर । तामाङ सोसाईटि अफ ग्रेटर वाशिंगटनमा उत्तर लामा सर्बसम्मतिबाट सभापति पदमा चयन भएका छन । गत डिसेम्बर ५ तारिखमा बसेको बार्षिक साधारण सभाले अध्यक्ष पदमा निर्बिरोध चुनेको छ ।

र अन्य पदहरु पनि सर्ब सम्मतीबाट चयन भएको छ । बार्षिक साधारण सभा तथा संस्थाका निर्वाचन अधिकृत नेत्र घिसिङले उपस्थित साधारण सदस्य तथा आमन्त्रीत अतिथिहरुका समुपस्थितीमा नया समितिको चुनाब परिणाम तथा पदाधिकारिहरूको बारेमा जानकारी दिए । अन्य पद पुर्ती भएता पनि जन सम्पर्क अधिकारि रिक्त रहेको बताए । उक्त सभामा भर्खर अवधी समाप्त भएको समितिले बुझ बुझारथ बुझाएको छ ।

नव निर्वाचित सभापती उत्तर लामाले संस्थालाई अझ माथि लाने प्रतिबद्धता जाहेर गरेका छन भने समिती हाम्रो मात्र नभएकोले सबैको साथ चाहिने बताए । सबै एक जुट हुनु पर्ने कुरामा जोड दिदै आफुले जानेका अनुभव हामीलाई हिस्सा गर्न आग्रह गरे ।

नयाँ कार्यकारी समितिमा चयन हुनेहरूमा अध्यक्ष पदमा उत्तर लामा, उपाध्यक्षमा फौद सिंह लामा तथा सचिबमा सन्दीप मान लामा रहेका छन । यसै गरी सह–सचिबमा आमोद घिसिङ तथा कोषाध्यक्षमा नैनीदेबी तामाग सर्बसम्मतीबाट चयन भएका छन ।

यसै गरी सदस्यहरुमा दाबा लामा, भिम तामाङ, प्रबिन मोक्तन, गिता तामाङ, रीतु तामाग तथा किरन लामा निर्वाचित भएका छन । प्रबिधिक अधिकृतमा देव कुमार लामा निर्वाचित भएका छन ।

सस्थापक अध्यक्ष डा श्याम  लामाले नया कार्य समितिलाई शुभकामना दिएका थिए । निवर्तमान अध्यक्ष अनन्दु लामा लामो समयको लागि नेपाल फर्केको जानकारी गराउदै सस्थाको बैक खातामा रहेको रकम ८ हजार ५ सय २३ डलर नया कार्यकारि समितिलाई हस्तान्तरण गरेको छ ।

377 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv